
३० असार, काठमाडौं । बुधबार पाकिस्तानको उत्तरी क्षेत्रमा चिनियाँ नागरिक बोकेको बसमा विष्फोट हुँदा कम्तीमा आठजनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त विष्फोट सडकमा राखिएको विष्फोटक पदार्थको कारण वा बसभित्रै रहेको राखिएको डिभाइसको कारण भएको हो भन्ने खुलेको छैन ।
एक वरिष्ठ सरकारी अधिकारीले दिएको जानकारी अनुसार एक चिनियाँ इन्जिनियर र एक सैनिक हराइरहेका छन् । उनका अनुसार अहिले घटनास्थलमा उद्धारकर्ताको टोली र घाइतेको उपचारको लागि हवाई एम्बुलेन्स पठाइएको छ । मृत्यु हुनेमा ६ जना चिनियाँ नागरिक, एक सैनिक र एक स्थानीय रहेको उनले जानकारी दिएका छन् ।
हाजा क्षेत्रका अर्का एक वरिष्ठ प्रशासकीय अधिकारीले उक्त बसमा ३० जना चिनियाँ इन्जिनियरहरु रहेको बताएका छन् । उनीहरु माथिल्लो कोहिस्तानमा रहेको डासु ड्यामतर्फ जाँदै थिए । यो चीन–पाकिस्तान इकोनोनिक कोरिडोर (सीपेक)अन्तर्गतको एक परियोजना हो ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4