Comments Add Comment

नारायणी अस्पताललाई सूर्य नेपालको सहयोग

३० असार, वीरगञ्ज । सूर्य नेपाल प्रालि सिमराले वीरगञ्जस्थित नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सूर्य नेपालले कोभिड–१९ को उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण गरेको हो ।

सूर्य नेपालले ५ थान मोनिटर, १० थान, एक थान एबीजी मेसिन र १२ थान ह्वील चियर हस्तान्तरण गर्नुका साथै २६० मिटर अक्सिन एण्ड सक्सन कपर पाइपलाइन इन्स्टालेसन गरिदिएको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए ।

सूर्य नेपाल प्रालिले मात्रै ४० लाख मूल्य बराबरको सहयोग गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment