Comments Add Comment

धरान पुगे डा. केसी, प्रतिष्ठानका पदाधिकारी बर्खास्त गर्न माग

३० असार, विराटनगर । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइपुगेका छन् ।

बुधबार धरान आइपुगेका उनले प्रतिष्ठान सुधारका लागि भन्दै एक महिनायता आन्दोलनरत प्राध्यापक, विद्यार्थी र कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशक गरी चारैजना पदाधिकारीलाई बर्खास्त गर्न माग गरे ।

राजनीतिक हस्तक्षेप र दलका भ्रष्ट कार्यकर्ता नेतृत्वमा आएका कारण प्रतिष्ठान धारासायी भएको डा. केसीले बताए । ‘शिक्षा र स्वास्थ्यलाई सेवामूलक क्षेत्र मानिन्छ,’ उनले भने, ‘तर नेपालमा पोलिटिसियनले कालाबजारीसँग मिलेर यसलाई नाफामूलक बनाए ।’

राजनीतिक भागबण्डा गरेर सार्वजनिक संस्थानलाई निरन्तर घाटामा लैजाने प्रवृत्ति देखिएको केसीले बताए । ‘एकातिर व्यापारीकरण गर्ने र सार्वजनिक प्रतिष्ठानहरुमा चाहिँ आफ्ना अयोग्य र भ्रष्ट कार्यकर्ता पठाउने,’ उनले भने, ‘प्रजातन्त्र आएपछि सुधार हुन्छ कि भनेको तर बिथोले ।’

नेताहरुको लगानीमा खुलेका निजी संस्थालाई लाभ पुग्ने गरी सार्वजनिक संस्थाको दोहन र धारासायी बनाउने काम भइरहेको केसीले बताए । सार्वजनिक संस्थाहरुलाई धरासायी बनाउनकै लागि राजनीतिक नेतृत्वले अयोग्य र भ्रष्ट कार्यकर्तालाई नेतृत्वमा पठाएको पनि उनले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment