
३० असार, काठमाडौं । नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनका कार्यकर्ताले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पुत्ला दहन गरेको छ ।
भृकुटीमण्डप प्रदर्शनी मार्गमा अनेरास्ववियु र युवा संघका कार्यकर्ताले प्रधानन्यायाधीशको पुत्ला दहन गरेको हो । विद्यार्थीहरुले केहीबेर मशालजुलुस पनि निकालेका थिए । त्यस क्रममा प्रहरीले विद्यार्थीहरुबाट पुत्ला खोसेर निभाएको थियो ।
सर्वोच्चको फैसलाबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि नेकपा एमालेका कार्यकर्ताले सर्वोच्च अदालतविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4