Comments Add Comment

माउण्ट रसुवा हाइड्रोमा लक्ष्मी बैंकको लगानी

२०२३सम्म राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य

१३.४२४ मेगावाटको मिदिम खोला-१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकले कर्जा लगानी गर्ने भएको छ । गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकामा अवस्थित उक्त आयोजना निमार्णको लागि बैंकले कर्जा सेवा दिने भएको हो ।

सो सम्बन्धी सम्झौता पत्रमा माउण्ट रसुवा हाइड्रोपावर र बैंकबीच हस्ताक्षर भएको छ ।

उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ रहेको छ । आयोजना लागतको ७० प्रतिशत बैंकको र बाँकी ३० प्रतिशत कम्पनीको स्व। लगानी रहनेछ ।

२०७५ साल माघ ७ गते माउण्ट रसुवा हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि सम्झौता भएको थियो । विद्युत उत्पादनको लागि कम्पनीले २०७७ कार्तिक ३ गते उर्जा मन्त्रालयबाट अनुमति प्राप्त गरेको छ ।

माउण्ट रसुवा हाइड्रोलाई रसुवा कन्स्ट्रकशन प्रालि लगायत अन्य व्यक्तिहरुले प्रवर्द्धन गरेका छन् र सोका अध्यक्ष राजेन्द्र राज आचार्य रहेका छन् ।

उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोले झण्डै ८३.१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । र, यो आयोजना जुलाई २०, २०२३ मा संचालनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment