+
+

स्रोत नखुलेको ५ लाखसहित सर्लाहीमा युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते ११:२७

३१ असार, जनकपुरधाम । सर्लाहीमा स्रोत नखुलको  पाँच  लाख रुपैयाँसहित एक जना महिला पक्राउ परेकी छन् ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिर नजिकबाट मलगंवा ३ की ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको प्लाष्टिकको झोलाभित्र पाँच लाख फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

खातुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?