+
+

संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १२:५८

३१ असार, काठमाडौं । संखुवासभाको तुम्लिङटारमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी बुधबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?