Comments Add Comment

करेन्ट लागेर धनुषा र कैलालीमा गरी दुई जनाको मृत्यु

३१ असार, काठमाडौं । करेन्ट लागेर धनुषा र कैलालीमा गरी दुई जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका–७ का २४ वर्षीय धनी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।

लेनदेनको विषयमा लिएर सोही ठाउँ बस्ने २६ वर्षीय रामबाबु मण्डललाई कुटपिट गरी धनी र सोही ठाउँ बस्ने २६ वर्षीय रामजीवन यादव भाग्ने क्रममा करेन्ट लागेर धनीको मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाधाम–७ का रामबहादुर मण्डलले आफ्नो भण्टाबारीमा जङगली बँदेलबाट बचाउनका लागि नाङ्गो तारले कम्पाउण्ड घेरी करेन्ट छोडेको तारमा परेर घाइते भएका धनीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका रामजीवन र १७ वर्षीय राजुकुमार साहको रामजानकी अस्पतलामा उपचार भइरहेको छ । करेन्ट छोड्ने रामबहादुर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलालीको कैलारी गाउँपालिका–२ का २० वर्षीया रामपती चौधरीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरमा लुगा सुकाउने क्रममा अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment