+
+

कांग्रेस पौडेल पक्षको बैठक बस्दै, मन्त्रीको नामावलीबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १३:४२
फाइल तस्वीर

३१ असार, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दैछ । महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बोलाइएको बैठकमा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने एक नेताले जानकारी दिए ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हाल कांग्रेसबाट दुई जनालाई मात्र मन्त्रिपरिषदमा सामेल गरेका छन् । बालकृष्ण खाँणलाई गृह मन्त्रालय र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सरकारमा सहभागी माओवादीका दुई जना मन्त्रीमध्ये पम्फा भुसालले ऊर्जा र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रालयहरु प्रधानमन्त्री देउवाले आफैंसँग राखेका छन् । उनले मन्त्रीहरुको नामावली छिटो पठाइदिन पौडेल पक्षलाई आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?