Comments Add Comment

नेको इन्सुरेन्सले १५.५प्रतिशत बोनश शेयर दिने

३१ असार, काठमाडौं । निर्जीवन बीमा बजारमा सेवा पुर्‍याउँदै आएको रजत वर्ष पार गरेको नेको इन्सुरेन्स लिमिटेडले २५औं वाषिर्क साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ ।

साधारण सभाले आब २०७६/०७७को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीहरुलाई १५.५प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।

साधारण सभामा शेयरधनीहरुले भर्चुअल माध्यमबाट आफ्ना जिज्ञाशा, सुझाव तथा मन्तब्य राखे । कम्पनीका संचालक समितिका अध्यक्ष रोहितकुमार भटृराईको अध्यक्षतामा संचालित उक्त सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको थियो ।

सभाले आव २०७७/०७८ को लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनस शेयर जारीपश्चात हुने कम्पनीको पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

शेयरधनीहरुले राख्नु भएको जिज्ञासाको अध्यक्ष रोहितकुमार भटृराई तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment