+
+

कोरोना नियन्त्रण र बाढी प्रभावितलाई राहतमा केन्द्रित हुन प्रधानमन्त्रीलाई सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते २१:४५

३१ असार, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना महामारी नियन्त्रण र बाढी तथा पहिरो प्रभावितहरुको राहतमा केन्द्रीत हुन सुझाव दिएका छन् ।

प्रधानमन्त्री देउवालाई सरकार गठनमा सहयोग गर्ने दलका नेताहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । अरु दलका शीर्ष नेताहरु सहभागी यो छलफलमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका डा. विजय पौडेल सहभागी भएका थिए । नेता नेपालले आफू नगएर डा. पौडेललाई पठाएका हुन् ।

आफू लगायत सबैले कोरोना महामारी नियन्त्रण र बाढी तथा पहिरो प्रभावितहरुलाई राहतलाई प्राथमिकता दिन सुझाव दिएको डा. पौडेलले बताए । उनले अघि, ‘महामारीबाट प्रभावित व्यवसायीहरुलाई कर तिर्ने समय पुनतालिककरण गर्न सुझाव दिएका छौं । विगतबाट सिकेर विवादमा पर्ने काम नगर्नुस् भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?