Comments Add Comment

कांग्रेसको पदाधिकारी बैठक बस्दै

१ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे बस्न लागेको हो । तर, बैठक बस्ने स्थान निश्चित भइसकेको छैन ।

यसअघि बिहीबार बस्ने तय भएको यो बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भदौमा हुने पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न बैठक बोलाइएको थियो ।

बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment