Comments Add Comment

विक्कीलाई ‘कमेडी च्याम्पियन’मा भोट गर्न सिक्किमका मुख्य मन्त्रीको ५ लाख सहयोग

नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन चलिरहेको छ । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो टप ७ सम्म पुगेको छ । यो शोको उत्कृष्ट ७ मा पुगेका प्रतिस्पर्धीविच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ । प्रतिस्पर्धीहरुको भिडमा सिक्किमबाट आएका विक्की अग्रवाल पनि चर्चामा छन् । उनी, कार्यक्रमको अडिसन राउन्डबाट नै चर्चामा थिए ।

अहिले उनलाई जिताउनका लागि सिक्किममा अभियान नै चलेको छ । उनलाई सिक्किमका मुख्य मन्त्रीले समेत रकम सहयोग गरेका छन् । उनलाई प्रतियोगीतामा अगाडि बढाउनका लागि चाहिने भोटको व्यवस्था गर्नका लागि मुख्य मन्त्री पीएस गोलेले ५ लाख सहयोग गरेका हुन् ।

गोलेले विक्कीको परिवारलाई नगद हस्तान्तरण गरेका छन् । सिक्किमको चलचित्र विकास बोर्डकी अध्यक्ष पूजा शर्माले जानकारी दिएकी छिन् । मुख्यमन्त्रीको समेत सहयोग र हौसला पाएपछि विक्की र उनको परिवार उत्साहित देखिएको छ ।

‘कमेडी च्याम्पियन’मा प्रतिस्पर्धीहरुलाई अगाडि बढ्नका लागि दर्शकको भोटको आवश्यकता पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment