Comments Add Comment

गण्डकी मुख्यमन्त्रीको उडान : कहिले गोरखा, कहिले मनाङ !

२ साउन, पोखरा । असारको पहिलो हप्ता मनाङवासीले प्राकृतिक ठूलो विपत्तिको अकल्पनीय सामना गर्नुपर्‍यो । मनसुनको सुरुमै आएको भीषण वर्षाले मनाङमा ठूलो धनजनको क्षति पुर्‍यायो । हजारौं विस्थापित हुनुपर्‍यो ।

बाढी, पहिरोले क्षति पुर्‍याएको ३ दिनपछिमात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरले )को जम्बो टोली उद्धार गर्न भन्दै मनाङ लागे । तर, मौसममा खराबी आएको भन्दै टोलीउद्धारै नगरी फर्कियो ।

यता, ४ गते संसदमा विश्वासको मत लिने समय घोषणा भइसकेको अवस्थामा मुख्यमन्त्री नेपालीलाई उद्धारमा लाग्नुभन्दा पोखरा फर्किन हतार भयो । नेपाली सेनाको हेलिकप्टरमा मनाङ गएका मुख्यमन्त्री ३ गते नै पोखरा फर्किने प्रयास पटकपटकअसफल भयो ।

मनाङ पुगेकै दिन पोखराबाट हेली बोलाएर फर्किने योजना मौसममा खराबी आएकै कारण उडेको हेलीसमेत एक्लै पोखरा फर्कियो ।अर्को दिन बिहानमात्रै मुख्यमन्त्रीको टोली पोखरा फर्किन सफल भयो ।

मनसुनको सुरुआतमै बाढी, पहिरोले क्षति पुर्‍याएपछि टुटेको सडक तथा सञ्चार माध्यमअहिले पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । बाढी, पहिरोले ठूलो क्षति पुर्‍याउँदासमेत माथिल्लो सरकारको ध्यान आफूतिर नगएको भन्दै त्यहाँका जनप्रतिनिधि जनप्रतिनिधि रुष्ट छन् ।

मनाङका बाढी, पहिरो पीडितलाई हेलीबाटै ‘आकासेअनुगमन’ गरेर फर्किएर आलोचित बनेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली शुक्रबार फेरि गोरखा पुगे । त्यहाँ उनको टोलीले कोभिडविरुद्धको खोप भेरोसेल पुर्‍याउन भन्दै चुमनुब्री उडेको थियो ।

पोखराबाट हेलीमा उड्दै गर्दा गाउँपालिकालाई आवश्यक तीन हजार खोप लिएर मुख्यमन्त्रीको टोली उडेको बताइएको थियो । मुख्यमन्त्री सचिवालयले समेत गाउँपालिकालाई आवश्यक खोप र स्वास्थ्य सामाग्री लिएर चुमनुब्री उडेको बताएको थियो । तर, चुम्रनुब्रीमा भने मुख्यमन्त्रीको टोलीमात्रै पुग्यो, खोप पुगेन ।

बर्खाले बाटो बिगारेकाले सडकमार्गबाट खोप पुर्‍याउने भन्दै मुख्यमन्त्रीको टोली हेलीमा गोरखा लागेको थियो । ‘बर्खा याममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले भने ।

मुख्यमन्त्रीको टोलीले खोपसहित मास्क, स्यानिटाइजरसमेत लगेको थियो । तर, सबै ठाउँमा आफैं खोप लिएर पुग्नुले मुख्यमन्त्री नेपाली सस्तो लोकप्रियताको पछि लागेको गण्डकी स्वास्थ्य निर्देशनालयका एक कर्मचारी बताउँछन् ।

‘उहाँ (मुख्यमन्त्री) आफैं खोप बोकेर पालिकापालिका दौडिने होइन । त्यसका लागि संयन्त्र परिचालन गर्ने हो,’ ती कर्मचारीले भने, ‘सस्तो प्रचारका लागि यसरी सबै ठाउँमा मुख्यमन्त्री आफैं हेली लिएर पुग्ने भए त अरु कर्मचारी आरामले सुते हुन्छ ।’

मुख्यमन्त्रीले लिएर गएको भनिएको खोपमाउन्टेल चाइल्ड नामक संस्थाले सहयोग गरेको हो । उक्त खोपसमेत काठमाडौंबाट सीधैं गोरखा लैजाने योजना थियो । हेलिकोप्टरले पालिकाका ७ वटै वडाको केन्द्रमा खोप छाड्ने मुख्यमन्त्री कार्यालयले बताएको थियो ।

अनलाइनखबरसँग कुरा गर्दै गोरखाका सिडिओ शालिग्राम शर्मा पौडेलले चुम्रनुब्रीमा खोप ढुवानीका लागि सिम्रिक एअरलाई अनुमति दिइएको तर मौसम खराबीका कारण आउन नसकेको बताएका छन् ।

मुख्यमन्त्रीसहित टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा. दामोदर रेग्मी गोरखा पुगेका थिए ।

यो पनि पढ्नुस् –

मुख्यमन्त्री चढेको हेलिकप्टर आयो, कोरोना खोप आएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment