Comments Add Comment

अधर चुम्बन : केही अनौठो अनुभूति

चुम्बन एक स्वभाविक प्रक्रिया हो, माया दर्शाउने । वैंशालु प्रेमी–प्रेमिका, रसिक दम्पती सबैले यसरी नै प्रेम साट्छन् । त्यसो त एउटा बच्चालाई आमाले, एउटा छोराले बृद्ध हजुरबालाई, एउटा साथीले अर्का साथीलाई चुम्बन गरेर प्रेम अभिव्यक्त गर्छन् ।

सामान्यत चुम्बनलाई एक यौन–प्रक्रियाकै रुपमा बुझ्ने गरिन्छ । त्यसैले नौजवान तन्नेरीबीचको चुम्बन देख्दा हाम्रो समाजले लाजले खुम्चन्छ । जबकि सदियौंदेखि चुम्बनको प्रचलन सुरु भएको मानिन्छ । खासमा यो मान्छेको नैसर्गिक गुण पनि हो ।

चुम्बनका विषयमा विभिन्न अध्ययन भएका छन् । चुम्बन गर्दा मान्छेको भावदेखि हर्मोनमा आउने परिवर्तनबारे खोज भएका छन् । चुम्बनको प्रकार र शैलीबारे अध्ययन भएका छन् । जनवार वा पशुपंक्षीले अन्तरंग सम्बन्धका बेला मान्छेले जस्तै चुम्बन गर्छ कि गर्दैन भनी खोज गरिएको छ ।

यी कुराहरु यही रोकौं ।

वैंशालु प्रेममा परेकाहरु चुम्बन गर्छन्, माया साट्नलाई । चुम्बन गर्दा उनीहरुमा कस्तो अनुभूति हुन्छ ? खासगरी पहिलो चुम्बनमा ? खासगरी महिलालाई ?

स्वभाविक हो, पहिलो चुम्बन खुलेर गर्न सक्दैनन् । त्यसमाथि महिलाहरु लजालु स्वभावकै हुन्छन् । महिला मात्र होइन, पुरुष पनि पहिलो चुम्बनमा नर्भस अर्थात बेचैन हुन्छन् । अधर चुम्बन साट्न अग्रसर भइरहँदा पार्टनरले के सोच्ने हो ? कस्तो प्रतिक्रिया जनाउने हो ?

मुखको दुर्गन्धको कारण पनि कतिपयलाई यसको समस्या हुन्छ । किनभने चुम्बनकै कारण एकअर्काप्रतिको दृष्टिकोण फेरिन सक्छ । यही कारण पहिलो चुम्बनमा उनीहरुले मनग्ये आनन्द लिन सक्दैनन् । एक किसिमको भय, एक किसिमको लाज, एक किसिमको तनाव पैदा हुन्छ ।

चुम्बन एउटा सस्ंकृति

रोयल ह्यान्ड किस : धेरै देशहरुमा यस्तो प्रकारको चुम्बन औपचारिकता निभाउनका लागि गरिन्छ । पहिलो पटक भेट्दा होस् अथवा छुटिदा, यस प्रकारको चुम्बन गर्ने चलन रहि आएको छ । यस्तो किसिमको चुम्बनलाई शिष्टाचारको रुपमा लिने गरिन्छ ।

जसले तपाईको विनम्रता दर्शाउँछ । युरोप, अमेरिकासँगै खाडी देशहरुमा पनि यस्तो चलन अति नै लोकप्रिय रहिआएको छ । यदि कुनै व्यक्ति तपाईसंग रिसाएको छ भने उसले तपाईंलाई आफ्नो हात चुम्न दिँदैन ।

.एयर किस : यस्तो प्रकारको चुम्बन यूरोपमा धेरै नै लोकप्रिय रहेको छ । यस्तो चुम्बनले आफ्नोपनको अनुभव गराउँछ । आफ्न्त, साथीभाईलाई हाइ अथवा बाइ गर्दा गालामा आफ्नो गाला जोडेर गरिने चुम्बन नै एयर किस हो । यस्तो चुम्बनको अर्थ तपाईलाई देखेर खुशी लाग्यो भन्ने हुन्छ ।

.एञ्जल किस : यस प्रकारको चुम्बनको प्रयोग जब कुनै ब्यक्तिलाई निद्राबाट उठाउनका परेमा, रुँदै गरेको व्यक्तिलाई फकाउन परेमा र कसैलाई विदाई गर्दा गरिने यो मयालु चुम्बनलाई एञ्जल किस भनिन्छ । यो चुम्बनको बिशेषता भनेका अगाडिको व्यक्तिलाई आँखामा बिस्तारै चुम्बन गर्नु हो ।

ब्राइड किस : यस प्रकारको चुम्बनको प्रयोग विदेशमा विवाहको समारोहमा गरिन्छ  । प्रायः हामी हलीउडका फिल्महरुमा यस प्रकारको चुम्बनको दृष्य देख्छौं । .जीवनभरी माया प्रेम गर्ने वाचासहित यो चुम्बन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment