Comments Add Comment

एमाले अध्यक्ष ओली र महन्थ ठाकुरसहितका नेताहरुबीच भेटवार्ता

२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ ।

निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी भएको नेता भण्डारीले बताए ।

‘प्रधानमन्त्री भएको बेला भेट भइरहन्थ्यो । प्रधानमन्त्रीबाट हटेपछि कसैको पनि भेट भएको थिएन । त्यसैले के छ हालखबर पनि बुझौं भनेर गएका हौं, भेटमा सहभागी नेता अनिल झाले बताए ।

भोलि आइतबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाइएको छ । संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भने खासै छलफल नभएको नेताहरुले बताएका छन् । एक नेता भन्छन्, ‘आवश्यक पर्‍यो भने भोलि पर्सि छलफल होला, आज केही भएन ।’

जसपामा चर्को अन्तरविरोध रहेका बेला ठाकुर पक्षका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । ओलीले पनि ठाकुर पक्षका नेताहरुलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा लगेका थिए । तर १९ दिनमै सर्वोच्च अदालतको आदेशका कारण ठाकुर पक्ष सरकारबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment