Comments Add Comment

रोनाल्डो भर्सेस मेसी, को उत्कृष्ट ? यस्तो छ तथ्याङ्क

२ साउन काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी वर्तमान फुटबलमा विश्वका दुई उत्कृष्ट खेलाडी हुन् । दुईमध्ये को उत्कृष्ट भन्ने बहस निरन्तर चलिरहेको छ । दुवैको आफ्नै विशेषता छ ।

यसै सन्दर्भमा गोल डट कमले विभिन्न ७ पक्षलाई समेटेर दुई खेलाडीको तथ्याङ्क तयार गरेको छ ।

क्रिस्टियानो रोनाल्डो भर्सेस लिओनल मेसीमध्ये को ‘ग्रेटेस्ट अफ अफ टाइट’ (गोट) हुन् ? डिएगो म्याराडोना कि पेले भन्ने बहसपछि फुटबलमा यो सबैभन्दा ठूलो बहस बनेको छ ।

पछिल्लो दशकमा फुटबल समर्थकहरुको दिमागमा पोर्चुगलका रोनाल्डो र अर्जेन्टिनाका मेसीमध्ये को उत्कृष्ट भन्ने प्रश्न चलिरहेको छ । क्लब र देशका लागि गरेको प्रर्शन यस विषयमा निर्णायक हुनेछ । यस्तै व्यक्तिगतले पनि खेलाडी कस्तो भनेर देखाउँछ ।

रोनाल्डो भर्सेस मेसी : क्लब गोल

रोनाल्डो सिजन मेसी
२००२-०३
२००३-०४
२००४-०५
१२ २००५-०६
२३ २००६-०७ १७
४२ २००६-०८ १६
२६ २००८-०९ ३८
३३ २००९-१० ४७
५३ २०१०-११ ५३
६० २०११-१२ ७३
५५ २०१२-१३ ६०
५१ २०१३-१४ ४१
६१ २०१४-१५ ५८
५१ २०१५-१६ ४१
४२ २०१६-१७ ५४
४४ २०१७-१८ ४५
२८ २०१८-१९ ५१
३७ २०१९-२० ३१
३६ २०२०-२१ ३८
६७४ जम्मा ६७२

क्लब स्तरमा मेसीले भन्दा रोनाल्डोले बढी गोल गरेका छन् । तर युभेन्ट्स स्टार रोनाल्डोले मेसी भन्दा दुई सिजन बढी फुटबल खेलेका छन् ।

दुवै खेलाडीले क्लबमा ६७० गोल भन्दा बढी गरिसकेका छन् । दुवैले २००९-१० देखि २०१४-१५ सम्म राम्रो प्रदर्शन गरे ।

समग्रमा रोनाल्डोको गोल बढी भएपनि स्कोरिङमा मेसीको औसत बढी छ । मेसीले २०११-१२ मा ७३ गोल गरेका थिए । रोनाल्डोले एकै सिजनमा ६१ गोलसम्म गरेका छन् । रोनाल्डोले ६ सिजन ५० गोल पूरा गरेका थिए ।

रोनाल्डो भर्सेस मेसी : क्लब असिस्ट

रोनाल्डो सिजन मेसी
२००९-१० ११
१६ २०१०-११ २१
१५ २०११-१२ २९
१२ २०१२-१३ १४
१४ २०१३-१४ ११
२१ २०१४-१५ २७
१५ २०१५-१६ २३
११ २०१६-१७ १६
२०१७-१८ १८
१० २०१८-१९ १९
२०१९-२० २५
२०२०-२१ १२
१३९ जम्मा २२६

असिस्टको कुरा गर्दा मेसी रोनाल्डो भन्दा धेरै अघि छन् । तथ्याङ्कले पनि देखाउँछ कि मेसीले गोलका लागि बढी अवसर बनाएका छन् । मेसीले कूल २२६ गोलका लागि असिस्ट गर्दा रोनाल्डोले १३९ असिस्ट गरेका छन् ।

 रोनाल्डो भर्सेस मेसी : च्याम्पियन्स लिग तथ्याङ्क

रोनाल्डो च्याम्पियन्स लिग तथ्याङ्क मेसी
१७६ खेल १४९
१३४ गोल १२०
०.७६ गोल पर गेम ०.८१

रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता हुन् भने मेसी दोस्रो स्थानमा छन् । रोनाल्डोले म्यानचेष्टर युनाइटेड र रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

च्याम्पियन्स लिग गोलमा रोनाल्डो १४ गोलले अघि छन् तर मेसीले थोरै खेल खेलेका छन् । गोल अनुपातमा पनि मेसी अघि छन् ।

रोनाल्डो भर्सेस मेसी : विश्वकप तथ्याङ्क

रोनाल्डो विश्वकप तथ्याङ्क मेसी
१७ खेल १९
गोल
०.४ गोल पर गेम ०.३

विश्वकप फुटबलमा भने यी दुबै खेलाडीले आशा गरेअनुसार प्रदर्शन गर्न सकेका छैनन् । दुवैले अहिलेसम्म विश्वकप उपाधि जितेका छैनन् ।

पोर्चुगलका स्टार रोनाल्डोले विश्वकपमा मेसी भन्दा एक गोल बढी गरेका छन् । रोनाल्डोले १७ खेलमा ७ गोल गर्दा मेसीले १९ खेलमा ६ गोल गरेका छन् ।

तर मेसीको देश अर्जेन्टिना सन् २०१४ को विश्वकप फाइनल पुगेका थिए । तर फाइनलमा जर्मनीसंग पराजित हुँदै उपविजेतामा सीमित भयो ।

रोनाल्डोको देश पोर्चुगल भने सन् २००६ मा विश्वकपको सेमिफाइनलसम्म पुगेका थिए । जहाँ फ्रान्संग पराजित हुँदा तेस्रो स्थानको लागि भएको खेलमा जर्मनीसंग पराजित भएको थियो ।

 रोनाल्डो भर्सेस मेसी : अन्तर्राष्ट्रिय तथ्याङ्क

रोनाल्डो तथ्याङ्क मेसी
१७९ अन्तर्राष्ट्रिय खेल १५१
१०९ अन्तर्राष्ट्रिय गोल ७६
०.६ गोल पर गेम ०.५

अन्तर्राष्ट्रिय स्तरमा दुवैको उस्तै कीर्तिमान छ । तर रोनाल्डोले संख्यामा भने बढी गोल गरेका छन् । रोनाल्डोले मेसी भन्दा दुई वर्षअघि पोर्चुगलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

रोनाल्डोले केही दिनअघि सकिएको युरो २०२० मा ५ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाईको कीर्तिमान बराबरी गरेका थिए ।

कुल अन्तर्राष्ट्रिय गोलमा रोनाल्डो भन्दा मेसी ३३ गोलले पछि छन् ।

दुवै खेलाडी आफ्नो देशका सर्वाधिक गोलकर्ता हुन् । रोनाल्डोले १०९ गोल गर्दा मेसीले ७६ गोल गरेका छन् ।

रोनाल्डो भर्सेस मेसी : उपाधि

रोनाल्डो प्रतियोगिता मेसी
विश्वकप
युरो/कोपा
ओलम्पिक
लिग उपाधि १०
च्याम्पियन्स लिग
क्लब विश्वकप
नेशनल कप*
२१ कुल २६

*राष्ट्रिय कप भन्नाले देशको राष्ट्रिय कपहरु जस्तै एफए कप कोपा डेल रे हुन् ।

मेसी र रोनाल्डोले ट्रफी उत्तिकै जितेका छन् । लिग उपाधिको कुरा गर्दा मेसी अघि छन् । मेसीले १० पटक ला लिगा उपाधि जितेका छन् । रोनाल्डोले ७ लिग जितेका छन् । तर रोनाल्डोले तीन फरक देशमा लिग जितेका छन् । जसले रोनाल्डोले उत्कृष्ट देखाउँछ ।

यस्तै च्याम्पियन लिगमा रोनाल्डो अघि छन् । रोनाल्डोले ५ च्याम्पियन्स लिग जित्दा मेसीले ४ च्याम्पियन्स लिग जितेका छन् ।

मेसीले राष्ट्रिय टिमका लागि चार फाइनल खेल्दा समेत उपाधि जित्न सकेका थिएनन् । तर यस पटक कोपा अमेरिकाको उपाधि जित्न सफल भए । दुवैले विश्वकप जित्न सकेका छैनन् ।

मेसीले एक पटक ओलम्पिक स्वर्ण पदक जितेका छन् ।

रोनाल्डो भर्सेस मेसी : व्यक्तिगत

रोनाल्डो प्रतियोगिता मेसी
बालोन डे’ओर
दी बेस्ट फिफा अवार्ड
युरोपियन गोल्डेन बुट
विश्वकप गोल्डेन बल
युइएफए प्लेअफ अफ दि इअर
१४ फिफप्रो विश्व ११ १४
प्लेअफ अफ दि इअर (लिग)

रोनाल्डो र मेसीबीचको व्यक्तिगत प्रतिस्पर्धा भने गज्जबको छ । यसैले आधुनिक फुटबलमा पछिल्लो दशक र अझ बढी निर्णायक बनिरहेको छ ।

बालोन डे’ओरमा मेसी रोनाल्डो भन्दा अघि छन् । मेसीले ६ बालोन डे ओर जित्दा रोनाल्डोले ५ पटक जितेका छन् ।

दी फिफा बेस्ट अवार्ड भने रोनाल्डोले दुई पटक जित्दा मेसीले १ पटक जितेका छन् ।

यस्तै युइएफए प्लेअर अफ दि इअरमा पनि रोनाल्डो अघि छन् । रोनाल्डोले ४ अवार्ड जित्दा मेसीले ३ पटक जितेका छन् ।

तर लिगमा भने मेसीले रोनाल्डोले भन्दा २ पटक बढी अवार्ड जितेका छन् । मेसीले ६ र रोनाल्डोले ४ लिग अवार्ड जितेका छन् । तर रोनाल्डोले यो अवार्ड पनि तीनवटै देशमा जितेका छन् ।

युरोपियन गोल्डेन बुट अवार्डमा मेसी अघि छन् । मेसीले ६ पटक युरोपियन गोलडेन बुट जित्दा रोनाल्डोले ४ पटक जितेका छन् । फिफ प्रो मा भने दुवै १४ पटक समावेश भएका छन् ।

मेसीले विश्वकपमा पनि एक पटक गोल्डेन बल अवार्ड जितेका छन् ।

गोल डट कमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment