Comments Add Comment

सञ्चारगृह सञ्चालन गर्ने प्रदेश २ सरकारको निर्णयमा पत्रकार महासंघको विरोध

२ साउन, वीरगञ्ज । आफैं सञ्चारगृह सञ्चालन गर्ने प्रदेश २ सरकारको निर्णयको नेपाल पत्रकार महासंघको प्रदेश समितिले विरोध जनाएको छ । उसले प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य एवं मान्यता विपरीत हुने भन्दै निर्णय फिर्ता लिन माग गरेको छ ।

शनिबार बसेको पत्रकार महासंघ प्रदेश २ समितिको वैठकले सबै सञ्चार माध्यमको विकासको लागि अबिलम्ब ठोस नीति ल्याउन प्रदेश सरकरसँग माग गर्ने निर्णय समेत गरेको छ ।

वैठकले संघीय सरकारले उपलब्ध गराएको लोक कल्याणकारी विज्ञापनमा १० प्रतिशत कट्टा गरी पत्रकार कल्याण कोषमा जम्मा गर्ने प्रदेश सरकारको निर्णयको पनि विरोध गरेको छ । खाइ पाइ आएको रकममा कट्टा नहुने गरी लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन आग्रह गरेको पत्रकार महासंघ प्रदेश २ समितिका महासचिव श्याम वञ्जराले जानकारी दिए ।

महासंघले आफूहरुसँग सरसल्लाह नगरी ल्याएको सञ्चारसम्बन्धी नीति अस्वीकार गर्ने चेतावनी पनि दिएको छ । वैठकले लोक कल्याणकारी विज्ञापनको अभिलेखीकरण र भुक्तानी सम्बन्धित जिल्लाको हुलाक कार्यालयबाटै हुने व्यवस्था गर्न पनि माग गरेको छ ।

महासंघको प्रदेश समितिले कोरोनाका कारण मृत्यु भएका २ जना पत्रकारका परिवारलाई राहत बापतको रकम दिने र बाँकीको हकमा महासंघको स्रोतले भ्याएसम्म सहयोग दिने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment