Comments Add Comment

एउटै नम्बरबाट ४ वटासम्म डिभाइसमा ह्वाट्सएप चलाउन पाइने , यी हुन् जान्नैपर्ने कुरा

महिनौंदेखिको प्रतीक्षा पश्चात् अन्ततः ह्वाट्सएपले आफ्नो प्लाटर्फममा मल्टीडिभाइस सपोर्ट फिचर शुरु गरेको छ ।

गत महिना फेसबुक सीईओ मार्क जुकरबर्ग र ह्पाट्सएप सीईओ विल क्याथकार्टले ह्वाट्सएपमा यो फिचर छिटै आउने पुष्टि गरेका थिए ।

साथै जुकरबर्गले यस्तो फिचरको विकास गर्नु प्राविधिक चुनौतीको विषय रहेको पनि बताएका थिए ।

ह्वाट्सएपको यो फिचर केही जटिल छ र यो फिचर प्रयोग गर्ने निर्णय गर्नु अगाडि तपाईंले केही कुरा जान्नुपर्दछ । फेसबुकको यो पछिल्लो फिचरका विषयमा केही महत्वपूर्ण तथ्य यस्ता छन् :

के हो ह्वाट्सएपको मल्टी डिभाइस फिचर ?

निश्चितरुपमा मल्टी डिभाइस फिचरले प्रयोगकर्तालाई आफ्नो एउटा ह्वाट्सएप एकाउन्ट एकै पटकमा र स्वतन्त्र ढंगले फरक फरक डिभाइसबाट चलाउन दिन्छ । यसको अर्थ मल्टी डिभाइस फिचर प्रयोगबाट तपाईंले जुनसुकै अन्य डिभाइसमा ह्वाट्सएप चलाउन सक्नुहुनेछ र त्यसका लागि तपाईंले आफ्नो फोन जोडिरहनु पर्दैन ।

के यो फिचर सबैका लागि उपलब्ध छ ?

छैन । वास्तवमा यो फिचर हाल बेटा भर्सनमा रहेको छ र केही प्रयोगकर्ताहरुमा परीक्षणका लागि शुरु गरिएको छ ।

ह्वाट्सएपको मल्टी डिभाइस फिचरको परीक्षण गर्नका लागि को योग्य छ ?

एन्ड्रोइड तथा आइओएसका विद्यमान ह्वाट्सएप तथा ह्वाट्सएप बिजनेस एपको बेटा युजरहरुले यो फिचरको परीक्षणमा सहभागी हुन सक्दछन् ।

यो फिचरमा अधिकतम कतिवटा डिभाइस प्रयोग गर्न सकिन्छ ?

यो फिचरको प्रयोग गरी तपाईंले एक पटकमा अधिकतम ४ वटा डिभाइसमा आफ्नो ह्वाट्सएप एकाउन्ट चलाउन सक्नुहुनेछ।

यो पूर्णत नयाँ फिचर हो कि ह्वाट्सएपका यस्तै फिचर अरु पनि छन् ?

हाल ह्वाट्सएपले प्रयोगकर्तालाई वेब तथा पर्सनल कम्प्युटर एपको माध्यमबाट म्याक र विन्डोज प्रयोगकर्तालाई आफ्नो ह्वाट्सएप एकाउन्ट अन्य डिभाइसमा कनेक्ट गर्ने सुविधा दिँदै आएको छ । साथै स्मार्टफोनलाई प्राइमरी डिभाइसको रुपमा प्रयोग गरेर पनि अन्य डिभाइसमा कनेक्ट गर्न सकिन्छ । तर यसमा अन्य डिभाइसहरु ह्वाट्सएप कनेक्सनका लागि स्मार्टफोन अकाउन्ट रहेको मूल डिभाइसमा निर्भर हुन्छन् । अब नयाँ मल्टी डिभाइस फिचरमा भने अधिकतम ४ वटा डिभाइसमा स्वतन्त्र रुपमा आफ्नो ह्वाट्सएप अकाउन्ट चलाउन सकिनेछ ।

के आफ्ना अन्य डिभाइसमा फोन कनेक्ट गर्नु पर्दछ ?

पर्दैन । मल्टी डिभाइस फिचरमा अब स्मार्टफोन ह्वाट्सएपको मूल श्रोत रहनेछैन । यद्यपि शुरुमा प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप अकाउन्ट रजिस्टर गरी फोनको माध्यमबाट नयाँ डिभाइस लिंक गर्नुपर्ने हुन्छ ।

के सबै डिभाइसबाट गरिने च्याट सुरक्षित हुन्छन् ?

हालको जस्तै ह्वाट्सएपको मल्टी डिभाइस फिचरमा एण्ड टू एण्ड इनक्रिप्सन फिचर हुनेछ । जसले यसमा गरिने च्याट तथा कललाई सुरक्षित राख्नेछ ।

के एउटा डिभाइसबाट गरेको च्याट अन्य डिभाइसमा पनि देखिन्छ ?

हो, कुनै पनि डिभाइसबाट थपिएको मेसेज हिस्ट्री तथा सम्पर्क नम्बर, नाम लगायतका एप्लिकेसन डाटाहरु सबै डिभाइसमा सिंक्रोनाइज्ड हुनेछन् ।

बेटा भर्सनले सबै फिचर सपोर्ट गर्छ ?

हाल मल्टी डिभाइस फिचर बेटा स्टेजमा रहेको हुँदा सबै फिचरहरु सपोर्ट गर्दैन । उदाहरणका लागि तपाईंले अन्य डिभाइसहरुको लोकेसन देख्न सक्नुहुन्न । त्यस्तै च्याट पिन गर्ने, हेर्ने र ह्वाट्सएप वेब र डेस्कटपबाट ग्रुप इन्भाइट्स रिसट गर्ने फिचर पनि सपोर्ट गर्दैन ।

एजेनसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment