Comments Add Comment

बलिउड सेलिब्रेटी किन चढ्छन् सेकेन्ड ह्यान्ड कार !

बलिउड सेलिब्रेटीसँग गाडीको के कमी ? भएभरका महंगा र आरमदायक गाडी थुपारेका छन् । घर, गाडी, पहिरन शैलीमा उनीहरु को–भन्दा को कम देखिन्छन् । उनीहरुको जीवनशैली आफैमा लोभलाग्दो छ । उनीहरुले जिउने जीवनशैली, लगाउने पहिरन धेरैले अनुसरण गर्छन् ।

उनीहरुको सौखिन र भव्य जीवनशैलीको के कुरा ?

कुरा गरौं गाडीको । धेरैजसो बलिउडस्टारले आफ्नो घरमा महंगा–महंगा र आरमदायक कार संकलन गरेका छन् । यसमध्ये कतिले आधा दर्जन बढी करोडौं करोड पर्ने कार राखेका छन् । कति चाहि शाही सवारी भनिने ‘रोल्स रायस’ कारका सौखिन छन् । बलिउड बादशाह शाहरुख खानसँग रोल्स रायस फ्यान्टम ड्रोफेड कूपको आरमदायक भर्सन छ । यसैगरी उनको सबैभन्दा शानदार कार हो, बुगाटी वरेन । यसको मूल्य भारु १२ करोड रुपैयाँ हो । यसका साथै बिएमडब्ल्यु ६ कन्वर्टिबल, औडी ६, बेन्टले कन्टिनेन्टल जिटी, ल्यान्डक्रुजर जस्ता सुपर कार उनीसँग छ ।

अभिनेता अमिर खान उति तामझामको जीवन रुचाउँदैनन् । यद्यपि उनीसँग महंगा महंगा कार छन् । उनीसँग भारु १० करोड रुपैयाँको मर्सिडिज एस ६६ लक्जरी सेडान छ । यसका साथै बेन्टले कन्टिनेन्टल, बिएमडब्ल्यु ६, ल्यान्ड रोभर रेन्ज रोभर, रोल्स रायस घोस्ट, टोयाटा फच्र्युनर जस्ता कार छ ।

दबंग ब्वाई सलमान खानसँग औडी आरएस ७ स्पोर्टियर संस्करण छ, जसको मूल्य १.३६ करोड हो । यसका साथै सलमानसँग बिएमडब्ल्यु एक्स ६, औडी आर८, मर्सिडिज बेन्स एस क्लास, टोयटा ल्यान्ड क्रुजर, लेक्सस एलएक्स५७० जस्ता लक्जरी कार छ । सलमान औडी आरएस ७ मा सबैभन्दा बढी घुम्न रुचाउँछन् ।

अमिताभ बच्चन पनि कारका शौखिन हुन् । उनले सन् २०१३ मा एक रोल रायस फेन्टम किनेका थिए, ३.५ करोडमा । यससँगै उनीसँग बेन्टले कन्टिनेन्टल जिटी, लेक्सस एलएक्स ४७०, बेन्टले अर्नज आर जस्ता महंगा कार छ ।

उता रणवीर सिंहसँग एस्टन मार्टिन ¥यापिड कार छ । यसको मूल्य भारु ३.३० करोड हो । यसका साथै उनीसँग जगुआर एक्सजेएल, मर्सिडिज इ क्लास, मर्सिडिज बेन्ज जिएलएस जस्ता सुपरकार पनि छ ।

संजय दत्तसँग ३ किमीका साथै सुपर फेरारी ५९९ सुपर कार छ । यसका साथै लेक्सस एलएक्स ४७०, फेरारी ५९९ जीटीबी, मार्की औडी कार पनि छ ।

अक्षयकुमारसँग सेभेन्थ जेनेरशनको रोल्स रोयस फान्टम–७ छ, जसको मूल्य भारु १० देखि ११ करोड रुपैयाँ हो । अजय देवगन, प्रियंका चोपडा, संजय दत्त पनि यस्तै गाडी चढ्छन् ।

यद्यपि त्यस्ता सेलिब्रेटी पनि छन् जसले सेकेन्ड ह्यान्ड कार चढ्छन् । यहाँ त्यस्तै केही सेलिब्रेटीको चर्चा गरिन्छ ।

शिल्पा सेट्टी

बलिउडकी योग गुरु अर्थात शिल्पा सेट्टी । पछिल्लो समय उनी योगकै लागि कहलिएकी छिन् । यद्यपि उनी लक्जरी जीवन रुचाउँछिन् । भनिहालौं, शिल्पा सेट्टीले रेन्ज रोभर लङ व्हीलबेस भर्सनको कार खरिद गरेकी थिइन्, जुन एक सेकेन्ड ह्यान्ड कार थियो । यदि यस कार फस्र्ट ह्यान्ड खरिद गरेको भए त्यसको मूल्य भारतमा रु १.८ करोड रुपैयाँ पर्छ ।

बादशाह

चर्चित ¥यापर एवं गायक बादशाह पनि लक्जरी जीवन जिउनेमा कुनै सुपरस्टारभन्दा कम छैनन् । उनी ब्रान्डेड कपडा, जुत्ता, कारका सौखिन हुन् । उनीसँग रोल्स रोयल व्रेथ लक्जरी कार छ, जुन एक सेकेन्ड ह्यान्ड कार थियो । सोही कारमा उनी घुमफिर गरिरहेको देखिन्छ । यदि यस कार उनले फस्र्ट ह्यान्ड खरिद गरेको भए यसको मूल्य ६.४ करोड भारु हुन्छ ।

हनी सिंह

गायक एवं ¥यापर हनी सिंहलाई गीत गाउने सँगै लक्जरी गाडी संकलन गर्ने सौख छ । हनि सिंहले केही दिनअघि औडी आर८ कार खरिद गरेका थिए, जुन एक सेकेन्ड ह्यान्ड कार थियो । शाइनी ब्ल्याक कलरको यो कार एकदमै शानदार छ । यस कार फस्र्ट ह्यान्ड खरिद गरेको भए भारतमा यसको मूल्य दुई करोड रुपैयाँ पर्छ ।

हार्ड कौर

भारतका पहिलो ¥यापरको रुपमा चिनिन्छन् हार्ड कौरलाई । आफ्ना गीतका साथै लक्जरी गाडीको सौखिन हुन् उनी । उनीसँग एकदमै लक्जरी कार छ, फेरारी ४५८ इटालिया । भनिहालौं, यो कार पनि सेकेन्ड ह्यान्ड खरिद गरेका हुन् । रातो रंगको यो स्पोर्टस् कारको बेग्लै क्रेज छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment