
३ साउन, काठमाडौं । शान्ति स्थापनार्थ मध्य अफ्रिकन गणतन्त्र र मालीमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ ।
मध्य अफ्रिकन गणतन्त्रमा रहेको छैटौं डफ्फाको टोली र मालीमा तैनाथ सातौं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो ।
मध्य अफ्रिकन गणतन्त्रमा प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सातौं डफ्फाको ७२ जनाको नयाँ टोली पठाइएको छ भने मालीमा प्रमुख सेनानी संगीत पुन नेतृत्वको आठौं डफ्फाको १३९ जनाको टोली पठाइएको छ ।
यी दुई टोली यही साउन १ गते नै मिशन इलाका प्रस्थान गरिसकेका छन् । मिशन सकिएको टोली पनि आज आइतबार नेपाली आइपुग्ने जंगी अड्डाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4