Comments Add Comment

घनश्यामको प्रस्ताव- स्थायी कमिटी र विश्वासको मत दुवै रोकौं

३ साउन, काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेमा नेकपा एमालेको माधवकुमार नेपाल समूह विभाजित देखिएको छ ।

नेपाल समूहमा रहेका सांसदहरु विश्वासको मत दिने पक्षमा छन् भने पार्टी एकताका लागि क्रियाशील दोस्रो तहका नेताहरु आफूहरुसँग छलफल नगरी अघि बढेको भन्दै नेता नेपालसँग असन्तुष्ट छन् । सचिव भीम आचार्यले एमाले विभाजन गर्ने षड्यन्त्रअनुसार विश्वासको मत लिन लागिएको टिप्पणी गरेका छन् ।

आइतबार बिहान नेता नेपाललाई भेट्न पुगेका कार्यदलका सदस्यहरुले विश्वासको मतबारे चासो राखेका थिए । कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले भने विश्वास १०बुँदे सहमतिअनुसार जे गर्दा पनि संस्थागत निर्णय गर्नुपर्ने बताएका थिए ।

स्रोतका अनुसार कार्यदलको बैठकमा उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी बैठक र नेता नेपालले प्रधानमन्त्री देउवाले विश्वासको मत दिने तयारी रोक्ने र संस्थागत निर्णय गर्ने प्रस्ताव राखेका थिए ।

तर नेता नेपालले यसबारे धेरै खुलेनन् । कार्यदलले गरेको १०बुँदे सहमतिमा धेरै विषय मिल्न बाँकी रहेको प्रतिक्रिया दिएको एक सदस्यले जानकारी दिए ।

भेटमा सहभागी सचिव प्रदीप ज्ञवालीले भने नेता नेपालले आफू एक्लैले भए पनि देउवालाई मत दिने बताएको सुनाए । ‘उहाँले आफू बहुमतमा नभएको कमिटी, अल्पमतमा भएको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसकिने कुरा पनि गर्नुभयो । यसको तात्पर्य पार्टीलाई एकतावद्ध बनाएर लैजान उहाँ इच्छुक हुनुहन्न भन्ने देखियो,’ ओली पक्षमा रहेका नेता ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment