+
+
Shares

देउवाले महन्थ ठाकुर पक्षसँग पनि मागे विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १६:२६

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत मागेका छन् ।

अध्यक्ष ठाकुरलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाले आइतबार संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले जसपा ठाकुर पक्षका सबै सांसदहरुको तर्फबाट विश्वासको मत दिन देउवाले आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त देउवाले आइतबार विश्वासको मत लिंदैछन् । जसपाको उपेन्द्र यादव पक्षका १७ जना विश्वासको मतको पक्षमा खुलिसकेको यादव पक्षले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?