+
+
Shares

देउवालाई विश्वासको मत दिन्छौं : महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते २०:३९

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा मत दिने बताएका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ठाकुरले देउवाले चिठी पठाएर भोट मागेकाले आफ्ना माग पूरा गरिदिने वाचासहित देउवाको समर्थनमा मत दिने बताए ।

जब प्रधानमन्त्रीको निर्वाचन वा नियुक्तिको प्रसंग आउँछ तब, आफूलाई आफ्नो पार्टी पनि प्रताडित र घायल भएको महसुस हुने ठाकुरले बताए । ‘हामीले सुशील कोइरालालाई मत दिँदा पनि बदलामा हाम्रो आन्दोलन कमजोर भएको थियो,’ अध्यक्ष ठाकुरले भने, ‘हामी आन्दोलनमा यही संविधानको विरुद्धमा थियौं, आज फेरि हामी आफूलाई घायल पाइरहेका छौं ।’

प्रधानमन्त्री देउवालाई मत दिए पनि सत्ता संघर्ष गरेको प्रताडित र उत्पीडित समूहले आम जनताको समूहलाई सम्बोधन गर्न नसक्ने ठाकुरले बताए । अध्यक्ष ठाकुरले आफ्ना सांसद रेशम चौधरी अझै जेलमा रहेको पनि स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?