+
+
Shares

मोरङमा कल्भर्ट बनाउन भारतीय पक्षको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते २०:४९
कल्भर्ट बनाउन भारतीय एसएसबीले रोकेपछि निरीक्षण गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला लगायत

३ साउन, विराटनगर । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालमा कल्भर्ट निर्माणमा अवरोध गरेको छ । विराटनगरको सीमावर्ती क्षेत्रमा एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो ।

विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा सीमा क्षेत्र नजिकै पानी निकासका लागि कल्भर्ट बनाउन खोजिएको थियो । तर भारतीय पक्षले अवरोध गरेपछि काम रोकिएको  विराटनगर–१७ का वडाध्यक्ष समिर कमरले बताए ।

इस्लामपुरमा दशगजा नजिकै रहेको सडकमा कल्भट बनाउन भारतीय पक्षले रोकेपछि प्रशासन कार्यालयमा जानकारी गराएको उनले बताए । ‘इस्लामपुरबाट पारिपट्टि भारतीय पक्षले तीनवटा कल्भर्ट बनाएको छ, फोहोर पनि नेपाल तर्फको दशगजामै फाल्छन्,’ उनले भने, ‘हामीले एउटा कल्भर्ट निर्माण गर्न खोज्दा अवरोध गरे ।’

दशगजा नजिकै नेपालतर्फ निकास नालाको पानी कटाउन कल्भर्ट बनाउन शुरु गर्दा अवरोध भएको उनले बताए । उनका अनुसार दशजगजा नजिकै रहेको सडक ग्राभेल, नाला निर्माण र कल्भर्ट बनाउन १६ लाख बजेट विनियोजन गरिएको बताए । तर कल्भर्ट निर्माणका लागि भने अवरोध गरेको बताए ।

भारतीय पक्षले काम रोकेपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले काम रोकिएको क्षेत्रको निरीक्षण गरेका छन् ।

शनिबार निरीक्षणमा पुगेका उनले भारतीय पक्षसँग छलफल गरेर समस्या समाधान गर्ने बताए । ‘पानी दशजगातर्फ जान्छ भनेर उनीहरुले रोकेका रहेछन्,’ उनले भने, ‘भारतीय पक्षसँग छलफल गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?