Comments Add Comment

धर्मम् शरणम् गच्छामि

‘धर्मकर्म गोजीमा राखी

मान्छे बेच्छन् पैसाका लागि

पैसाकै लागि आफ्नो–विरानो

सबै छाडी जानुछ एक्लो’

गीतमार्फत गरिएको कटाक्षले अहिले बद्लिदो मान्छेको प्रवृत्तिलाई संकेत गर्छ । जो कोही भनिरहेका हुन्छन्, ‘आज मान्छेको धर्म हरायो ।’

परम्परादेखि चल्दै आएको संस्कार, धर्मकर्मप्रति समाजले प्रश्न  उठाए । कतिले वैज्ञानिक व्याख्या गर्दै यसको अन्तर्यलाई बुझाउने कोसिस गरिरहेका छन् भने कतिले आधुनिक युगको हवला दिदै यसलाई ‘अन्धविश्वास’ भनिरहेका छन् । एउटा ठूलो जमात छ, जो परम्पराको रुपमा यस्ता रीतिथिती अंगाल्नु, पूजापाठ गर्नु, मन्दिर धाउनुलाई ‘आडम्बर’ मान्छन् ।

धर्मकर्मको नाममा हुने ठगी, ढोंग आदिले यो कुरामा बल पु¥याएको छ । जबकि आध्यात्मिक चिन्तक एवं साधकहरुले यी पर्व, संस्कार, संस्कृतिलाई वैज्ञानिक ढंगले व्याख्या गर्ने गरेका छन् । धर्मको नाममा गरिने विधी–विधानहरु कुनै ‘दैवी प्राप्ति’का लागि नभई शारीरिक एवं मानसिक शुद्धिका लागि हो भन्ने उनीहरुको व्याख्या छ ।

कसैले यसको अन्तर्य बुझेर वा कसैले नबुझेरै पनि मन्दिर धाउने, पूजापाठ गर्ने, भक्ति आराधना गर्ने गरिरहेका छन् । जस्तो कि अहिले श्रावण मास सुरु भएको छ । धर्मकर्ममा विश्वास गर्नेहरुका लागि यो एक पवित्र महिना हो । यतिबेला शरीर शुद्धि गर्ने, भक्ति–आराधना गर्ने, उपवास बस्ने वा सात्विक भोजन गर्ने प्रचलन छ ।

धार्मिक आस्था राख्नेहरुलाई लाग्छ, यी विधी विधान सम्पन्न गरेपछि मनोकांक्षा पुरा हुन्छ । यसमा समालोचनात्मक चेत राख्नेहरु भन्छन्, यी विधी विधानले प्रकृतिको माग अनुकुल बाँच्न अभ्यास गराउँछ । संयमित जीवनयापनका लागि प्रेरित गर्छ ।

साउनको सोमबारलाई अरु विशेष दिनको रुपमा लिने गरिन्छ । यस दिन खासगरी शिव भगवानको पूजा आराधना गरिन्छ । शरीरलाई शुद्ध गरेर उपवास एवं ब्रत बसिन्छ । भजन किर्तन गरिन्छ ।

आज साउनको पहिलो सोमबार । कोरोना सन्त्रासका वीच भक्तालुहरु मठमन्दिर पुगेको देखियो । पशुपतिनाथको परिसरमा विगतका जस्तै भिड त छैन, तर उपस्थिती सून्य पनि छैन । मूख्य मन्दिरभित्र प्रवेश गर्न निषेध गरिएकाले पनि भिड जम्न पाएको छैन ।

सोही पंक्तिमा एक युवती भेटिइन्, मंगोल वर्णकी । झट्ट हेर्दा लाग्थ्यो उनी खाँट्टी शिवभक्त हुन् । उनले साउनमा लगाउने रातो रंगको पहिरन मात्र लगाएकी थिइनन्, शरीरमा ट्याटु समेत खोपाएकी थिइन् ।

शरीरको अग्रभागमा स्पष्ट अक्षरमा ट्याटु देख्न सकिन्थ्यो । जहाँ लेखिएको थियो, ऊँ नमः शिवाय । यसैगरी उनका शरीरका अन्य भागमा त्रिसुल लगायतका आकृति खोपिएको देखिन्थ्यो ।

धर्मकर्ममा रुची र लगाव राख्ने उनी एक्ली युवती होइनन् । उनीजस्ता थुप्रै युवायुवती धर्मकर्मको नाममा मन्दिर धाउने, पूजाआजा गर्ने, उपवास बस्ने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शंकर गिरी

ट्रेन्डिङ

Advertisment