Comments Add Comment

सम्भोग धेरै, झगडा कम : कोरोनाले यसरी बदल्यो दम्पतीको बेडरुम लाइफ

कोरोना महामारीको सुरुआती चरणमा धेरै विज्ञहरुलाई लागेको थियो कि कोरोना भाइरस (कोभिड-१९) को तनावले मानिसहरुको रोमान्टिक लाइफलाई ध्वस्त पार्नेछ । तर यस्तो अनुमान विपरीत हालैको एक अध्ययनले चाहिँ महामारीको समयले मानिसहरुको सम्बन्धलाई झनै कसिलो र सुमधुर बनाउन सहयोग गरेको देखाएको छ ।

अमेरिकाको मोनमाउथ विश्वविद्यालयले गत फेब्रुअरीमा सार्वजनिक गरेको एक राष्ट्रव्यापी सर्भेक्षण अनुसार रोमान्समा प्रतिबद्ध ७० प्रतिशत अमेरिकीहरु आफ्नो युगल सम्बन्धबाट पूर्णरुपमा सन्तुष्ट छन् । सोही विश्वविद्यालयले ६ वर्षअघि गरेको सर्भेक्षणको तुलनामा हाल आफ्नो रोमान्टिक सम्बन्धबाट सन्तुष्ट रहेका अमेरिकीहरुको संख्या ११ प्रतिशतले बढेको पाइएको छ ।

शोधकर्ता तथा पार्टनरसीप साइकोलोजिस्ट डाक्टर गेरी लेवान्डोस्की चाहिँ महामारी होस् वा नहोस् सम्बन्धमा निकटता त्यत्तिकै आफैँ नआउने र यसका लागि कतिपय शर्तहरुले सम्बन्धलाई अन्यको तुलनामा बढी मजबुत बनाउने बताउँछिन् ।

न्युजर्सीमा बस्ने २५ वर्षका ड्यानियल रक कप्लिनले सम्बन्धको यो गहिराइलाई विस्तृत रुपमा बुझे । अघिल्लो वर्ष लकडाउनमा ड्यानियल आफ्नी गर्लफ्रेण्डसँगै करीब एक वर्षसम्म क्वारेन्टाइनमा बसे । तर जब गर्लफ्रेन्ड उनलाई छाडेर आफ्नो परिवारसँग बस्न गइन् तब उनीहरु अलग भए ।

ड्यानियलका अनुसार गर्लफ्रेन्डसँग निकट रहनका लागि गरेको कडा मेहेनतले उनलाई अझै नजिक बनाइदियो ।

उनका अनुसार महामारी जस्तो कठिन परिस्थितिमा हामीसँग सँगै रहनुको अलावा कुनै विकल्प हुँदैन । यसबाट हाम्रो मनमा कुनै अनावश्यक कुरा आउँदैन, जस्तै के मेरो पार्टनरले मलाई वास्तवमै मन पराउँछ ? के मेरो पार्टनर मसँगै बस्न चाहन्छ भन्ने जस्ता । पार्टनरमा एक अर्कासँग कुराकानी गर्नाले निकै खुसी हुन सकिने महसुस क्वारेन्टाइनका बेला आफूले गरेको उनी बताउँछन् ।

टि्रनिडाडको टापुमा बस्ने २७ वर्षको लतिफा लिभरपुल ७ वर्षदेखि आफ्नो ब्वाइफ्रेण्डसँग बस्दछिन । महामारीभन्दा अगाडि आफूहरु दुवैजना घुमघाम तथा पार्टीमा धेरै व्यस्त रहने गरेको तर लकडाउनले आफूहरुलाई नयाँ शिराबाट एक अर्कालाई बुझ्ने मौका दिएकेा उनी बताउँछिन् । महामारीपछि नै आफूहरुले वास्तवमा एक अर्कालाई बुझ्न शुरु गरेको लतिफाको भनाइ छ । धेरै समयसँगै बिताउने, गफगाफ गर्ने, सँगै टिभी हेर्ने जस्ता कुराले आफूहरुको रोमान्टिक जीवन झनै गज्जबको बनेको र आफूहरु पहिलेभन्दा झनै अन्तरंग बन्दै गएको उनको अनुभव छ ।

मिनिसोटामा बस्ने ४५ वर्षका ग्लेन इर्भिन फ्लोरेन्स भन्छन् : म आफ्नी पत्नीसँग दिनुहुँ हिँडडुलका लागि निस्कन्थेँ । त्यसरी सँगै निस्किनाले उनलाई यस्तो अनुभूति हुन्थ्यो कि मैले उनको निकै ख्याल गर्दछु । यसले हामीबीच बढि शारीरिक गतिविधिका कठोर मुद्दाहरुमा पनि खुलेर कुराकानी गर्न सजिलो बनाइदियो । फ्लोरन्स भन्छन् : मैले रक्सीको लत छाडिदिएँ । हामीले एक अर्कासँगै समय बिताउन थालेका छौँ, एक अर्काको कुरा सुन्न थालेका छौँ । बिहेपछि एक अर्कालाई समय नदिने कारणले गर्दा हामीहरुको सम्बन्ध निकै खराब बनिसकेको थियो । एक समय त यस्तो अयो जब हामी विवाह परामर्शका बारेमा पनि सोँच्न थालेका थियौँ ।

शिकागोस्थित दम्पती थेरापिस्ट शेमियाड डेरिकका अनुसार तनावका बाबजुत महामारीको कारण भएको लकडाउन र सोसल डिस्ट्यान्सिंगले भागदौडपूर्ण जीवनलाई थामिदिएको छ । मानिसहरु आफ्नो पार्टनरसँग क्वालिटी टाइम बिताउन थालेका छन् । जुन यसअघि कमै देख्न पाइन्थ्यो । यसले सम्बन्धमा अधिक घनिष्टता पनि आएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment