+
+

चिकित्सकमाथि कुटपिटको विरोधमा मेची अस्पतालमा ओपीडी बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ४ गते १३:२२

४ साउन, विराटनगर । चिकित्सकमाथि कुटपिटको विरोधमा झापाको भद्रपुरस्थित मेची अस्पतालका चिकित्सकहरु आन्दोलित भएका छन् । आइतबार बेलुका इमर्जेन्सी वार्डमा कार्यरत डाक्टर केवल कपुरीमाथि झापा हल्दीबारीका पुष्पराज निरौलाले हातपात गरेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

निरौलाले एक महिलालाई उपचारका लागि अस्पतालमा ल्याएका थिए । इमरजेन्सीमा बिरामीलाई हेर्न ढिलो गरेको भन्दै उनले चिकित्सक कपुरीमाथि हातपात गरेको जनाइएको छ ।

सहकर्मी कुटपिटको विरोधमा सोमबार चिकित्सकहरुले अस्पतालको ओपीडी सेवा बन्द गरेका छन् । हातपात गर्नेलाई कारबाही र सुरक्षाको माग गर्दै काममा नगएको मेची अस्पतालमा कार्यरत डाक्टर आयुस गुरागाईंले बताए । प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही नगरेसम्म काममा नफर्किने उनले बताए ।

असुरक्षाका कारण चिकित्सक काममा नआएपछि सोमबार ओपीडी सेवा बन्द भएको मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टङ्कप्रसाद बाराकोटीले बताए । उनले कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा उजुरी दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?