Comments Add Comment

देउवालाई मोदीको फोन : कोरोना खोप छिट्टै दिने आश्वासन

४ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा गरी भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएपछि सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका मोदीले त्यसको भोलिपल्ट सोमबार टेलिफोन नै गरेका हुन् ।

टेलिफोन कुराकानीमा मोदी र प्रधानमन्त्री देउवाबीच नेपाल भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने र कोरोना महामारीविरुद्ध मिलेर लड्ने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले ट्विटरमार्फत जनाएको छ ।

भारत सरकारले नेपाललाई ११ लाख डोज कोरोना खोप अनुदानमा दिएको छ । त्यस्तै नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटसँग  २० लख डोज खोप खरिद गरेको थियो । जसमध्ये ५ लाख डोज मात्र पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment