Comments Add Comment

तीन नयाँ मोडेलका गाडीसहित ‘ग्रेट वाल मोटर्स’ नेपाली बजारमा

ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नै बनिसकेका छन् ।

नेपालको अटोमोटिभ डिलरसिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालि नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो ।

विभिन्न क्षेत्रहरुमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भीजी इम्पेक्सले जीडब्लुएमसँग सहकार्य गर्दै अहिले दुईवटा एसयूभी र एक पिक-अप मोडेल बजारमा ल्याएको छ । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छ ।

ग्रेट वाल मोटर्सको शोरुम थापाथलीमा अवस्थित छ र निकट भविष्यमा उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नैं शोरुमहरुको बृहत संजाल फैलाउने योजना रहेको कम्पनीले जनाएको छ ।

हालको अवस्थामा सुधार आउनासाथ ग्रेट वाल मोटर्सले नविन तरिकाले आफ्ना ब्राण्ड र सामानहरु उपभोक्ता माझ प्रस्तुत गर्ने छ ।

यस अतिरिक्त उच्चस्तरीय सर्विस सेन्टरको पनि निकट भविष्यमा निर्माण गरिँदैछ । भीजी इमपेक्सले ग्रेट वाल मोटर्सको फोरएस सर्भिसेस (सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर) मा विशेष ध्यान दिदैं अन्तराष्ट्रिय स्टाण्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने भएको छ ।

तेस्रो पुस्ताको हाभाल एच ६
यो गाडी एसयूभी वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० किलोवाट शक्ति र ३२० एनएम टोर्क डिस्प्लेसमेन्टले अर्कै खाले अनुभुति प्रदान गर्दछ ।यसको हाइयर ग्राउण्ड क्लियरेन्सले नेपालकोे खाल्डो खुल्डी भएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । ७२ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता र मजबुती प्रदान गर्दछ । यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तीकै राम्रो छ ।

पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फंसनल स्टेरिंग, आठ तरिकाले मिलाउन मिल्ने ड्राईभर सीट, तार रहित चार्जिङ्गले गाडीलाई नयाँ स्वरुप दिन्छ । साथै आठ वटा एअर व्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामेरा, हिल होल्ड कन्ट्रोल एबीएस प्लस ईबीडी सुविधा र एन्टी-कोलिजन संयन्त्र जस्तै सेकेण्ड कोलिजन संयन्त्र र फर्वार्ड कोलिजन संयन्त्रले दुर्घटनाको सम्भवानालाई घटाउँछ ।

ईन बिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पीडमा एलटु स्तरको अटोमेटिक एसीसी ड्राईभको आनन्द दिन्छ । ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडी माथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभुति दिनेछ । गाडीको भित्री बनावट, लेदर सिट एवं बढी लेग स्पेसले आफू एउटा शान्दार सवारीमा विराजमान छु भन्ने अनुभुति गराउँदछ ।

प्रारम्भिक मूल्य रु. ९६ लाख ९९ हजार ९९९भएको यो गाडी तीनवटा रंगहरु हेमिल्टन व्हाईट, अयेर्स ग्रे र अत्लान्तिस ब्लुमा नेपालमा उपलब्ध हुनेछन् । यो गाडीले नेपालको अटो बजारलाई पूनः परिभाषित गर्ने कम्पनीको विश्वास छ ।

हाभाल जोलिअन
यो मोडेल पनि तीनवटा संस्करणमा प्रस्तुत गरिंदै छ । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० किलोवाट शक्ति र २२० एनएम टोर्क डिस्प्लेसमेन्टले अधिकतम आउटपुट दिन्छ ।

बढी ग्राउण्ड क्लीयरंसले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पुर्‍याउने कम्पनिको दावी रहेको छ । चार किसिमको ड्राईभ मोड, इलेक्टि्रक पार्किङ्ग ब्रेकिङ्ग र ७३ प्रतिशत उच्च गुणस्तरको स्टिलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता, मजबुती र सुरक्षा प्रदान गर्दछ ।

यस बाहेक यो गाडीले पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फंसनल स्टीरिंग र पैडल शिफ्टर, छ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो । यस बाहेक एबीएस, एचएचसी र एचडीसी (हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), ड्राईभर ड्रावजिनेस डिटेक्सन र ईभेन्ट डाटा रिकोडर र एन्टी (कोलिजन संयन्त्र जस्तै एससीएम (सेकेण्ड कोलिजन संयन्त्र ) ले समयानुसार कन्ट्रोल गरेर जोखिम न्युनिकरण गर्छ ।

टच स्क्रीन, अगाडि एलईडी लाइटिङ्ग र पछाडी फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई उत्कृष्ट बनाउँछ । यो गाडी पाँच वटा रंगहरु ब्लु, ब्लैक, गे्र, हेमिल्टन व्हाईट र मार्स रेडमा उपलब्ध हुनुका साथै प्रारम्भिक मूल्य रु.५५ लाख ४९हजार ९९९मा बजारमा उपलब्ध छ ।

पोयर पिक-अप
यो मोडेल दुईवटा संस्करण एलीट र पाईलटमा बजारमा उपलब्ध हुनेछ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १२० किलोवाट शक्ति र ४०० एनएम टोर्क डिस्प्लेसमेन्टले अर्कै खाले अनुभुति प्रदान गर्दछ ।बढी ग्राउण्ड क्लीयरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायी अनुभुति प्रदान गर्ने कम्पनिको दावी रहेको छ । ८४ प्रतिशत उच्च गुणस्तरको स्टीलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थीरता र मजबुती प्रदान गर्दछ ।

सनरुफ पनि पिक-अप गाडीमा पहिलो पटक यसमा रहने छ । यसमा साँचो रहित स्टार्ट गर्ने नयाँ सुविधा पनि पहिलो हो । छ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठवटा एअर व्याग, नपा लेदर सिटले सुरक्षा र विलासिताको एउटा उदाहरण हो ।

यस अतिरिक्त एबीएस, एचएचसी र एचडीसी (हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल), भेहिकल स्टेबिलिटी कन्ट्रोलले गाडीलाई अधिक स्थीरता प्रदान गर्दछ । स्पीड वार्निङ सिस्टमले गति माथि नियन्त्रण गर्न मद्धत गर्छ ।

९ इन्चको टच स्क्रिन र एन्ड्रोइड सपोर्टले राम्रो अनुभव दिनेछ । अगाडि एलईडी लाइटिङ र पछाडि फोग लाईट आदिले गाडी चलाउने अनुभवलाई रमाइलो बनाउने छ । यस गाडीको प्रारम्भिक मूल्य रु.६४ लाख ९९ हजार ९९९ रुपैयाँमा बजारमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment