Comments Add Comment

साउनभित्रै ३ जना सचिवले अवकाश पाउँदै

५ साउन, काठमाडौं । साउन महिनाभित्रै नेपाल सरकारका विशिष्ट श्रेणी (सचिव) का ३ जना कर्मचारीले अनिवार्य अवकाश पाउँदैछन् ।

राष्ट्रिय किताबखाना (निजामती) ले मंगलबार आर्थिक वर्ष २०७८-७९ मा अवकाश हुने कर्मचारीको अनुमानित सूची सार्वजनिक गरेको छ । जसमा एक वर्षभित्र सचिवस्तरका १२ निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने उल्लेख छ र साउनमै ३ सचिवले अवकाश पाउने उल्लेख छ ।

निजामती किताबखानाका अनुसार सूचना तथा सञ्‍चार प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधबारदेखि नै अनिवार्य अवकाश पाउँदैछन् ।

अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीले साउन २४, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद पौड्यालले साउन २६ गते अवकाश पाउँदैछन् ।

नेपाल ट्रस्टको कार्यालयका सचिव राजेन्द्र खनालले असोज ९ गते, युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव केदार न्‍यौपानेले असोज १२ गते अनिवार्य अवकाश पाउँदैछन् । विशिष्ट श्रेणीका कर्मचारी उपमहालेखा नियन्त्रक बाबुराम गौतम र ईश्वर नेपाल २०७८ कात्तिक ५ गते अवकाश पाउँदैछन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्माले पुस १४ गते र अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले माघ २० गते अनिवार्य अवकाश पाउँदैछन् ।

ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले २०७९ जेठ ४ गते, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत सचिव यामकुमारी खतिवडाले २०७९ जेठ १९ गते र लोकसेवा आयोग, काठमाडौंमा कार्यरत सचिव महेन्द्रप्रसाद गुरागाईंले २०७९ असार २२ गते अवकाश पाउनेछन् ।

हेर्नुहोस् आर्थिक वर्ष २०७८-७९ मा अवकाश हुने कर्मचारीको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment