
५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मापदण्ड विपरीत वितरण गरिएको क्रियाशील सदस्यता स्वीकार नगर्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा धर्नामा बसेका विभिन्न जिल्लाका नेता कार्यकर्तालाई मंगलबार भेट्दै कोइरालाले फर्जी सदस्यता स्वीकार्य नहुने बताएका हुन् । कांग्रेस मुख्यालय सानेपामा धनुषाका तीन नेता आमरण अनशनमा छन् भने बारा र सप्तरीका नेता कार्यकर्ता धर्नामा छन् ।
‘पार्टीको विधान र मापदण्डभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य हुँदैन,’ कोइरालाले भने, ‘विधान विपरीत बाँडिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ ।’
उनले धर्नामा बसेका नेता कार्यकर्ताको मागमा ऐक्यवद्धता जनाउँदै मापदण्ड अनुसार क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4