Comments Add Comment

पर्यटक भित्र्याउन प्रवर्द्धनका काम गर्न राजदूतको जोड

५ साउन, काठमाडौं । दक्षिण एसियाली मुलुकमा नेपालको प्रतिनिधित्व गर्दै खटिएका राजदूतहरुले पर्यटक आकषिर्त गर्न गन्तब्य प्रवर्द्धनमा जोड दिन सुझाव दिएका छन् ।

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका विषयमा मंगलवार आयोजना गरेको छलफलमा उनीहरुले यस्तो सुझाव दिएका हुन् । बोर्डले मंगलवार भारत, बंगलादेश, पाकिस्तान र श्रीलँकाका राजदूत तथा राजदूतावासका अधिकारीसँग भच्र्युअल अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवर्द्धनका लागि बोर्डले गरेका कामबारे जानकारी गराए । उनले कोभिडका कारण थलिएको पर्यटनलाई उकास्न नयाँ रणनीति, प्रडक्ट र कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको उनले बताए ।

सिईओ डा. रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समुहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताउँंदै बोर्डले दुतावासहरुसंग सहकार्य गरी पर्यटन प्रर्वद्धनका काम गर्ने बताए ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा. वशिधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहेपनि सोही अनुरूप काम हुन नसकको धारणा राखे ।

बंगलादेशमा करिब डेढ करोड हिन्दु र ८० लाख बुद्धिष्ट जनसंख्या भएकोले केही प्रवर्द्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बंगलादेशबाट ठूलो सँख्यामा पर्यटक नेपाल लैजान सकिने बताए । उनले लामो समय देखि हुन नसकिरहको उच्चस्तरिय भ्रमण गत वर्ष भएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आवश्यक रहको बताए ।

पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको धारणा राखे । उनले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएपनि विश्वमा अंग्रेजी नबुझुनेको संख्या ठूलो रहेकोले स्थानीय भाषामा प्रवर्द्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिए । भारतस्थित नेपाली दुतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकोले भारतमा थप प्रवर्द्धनात्मक कार्यक्रम आवश्यक रहेको बताइन् ।

उनले भाषा, धर्म संस्कृति र खानपानका कारणले पनि भारतीयलाई नेपाल सहज गन्तब्य भएकोले प्याकेज सहितको बजारीकरणलाई जोड दिनु पर्ने बताइन । श्रीलँकास्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलँकाको लागि प्रमुख आर्कषण लुम्बिनी भएपनि साहसिक पर्यटनको लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल लैजान सकिने बताए ।

उनले पर्यटन पूर्वाधारका विषयमा नेपालले श्रीलंकाबाट धेरै सिक्न सक्ने धारणा राख्दै थप पर्यटक लैजान एयर कनेक्टिभिटीमा जोड दिन आवश्यक रहेको बताए । कार्यक्रममा राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भएपनि त्यसपछिका लागि अहिले देखि नै तयारी आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment