Comments Add Comment

उपराष्ट्रपतिद्वारा बकर इदको शुभकामना

६ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष मुलुक भएको स्मरण गर्दै उपराष्ट्रपति पुनले सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । यस्ता विभिन्न समुदायका चाडबाड, रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको उनको भनाइ छ ।

उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, “भाइचारा र पारिवारिक मिलनका रुपमा मनाइने इस्लाम धर्मवलम्बीको महान् पर्व इद-उल-अजाहले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने मैले विश्वास लिएको छु ।”

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहर अझै पनि नियन्त्रणमा आइनसकेको र अझै फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर इद मनाउन उपराष्ट्रपतिले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment