+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

राजीनामा फिर्ता लिन भीम रावललाई सुदूरपश्चिमका १४ सांसदको दबाब

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १३:१५

६ साउन, धनगढी । नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।

रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

‘धनगढीमै हुँदा हामीले अनौपचारिक बैठक बसेर हामी १७ जना सांसदहरुले रावल कमरेडलाई भेटेर राजीनामा फिर्ता लिन आग्रह गर्ने निर्णय गरेका थियौं,’ प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले अनलाइनखबरसँग भने, ‘मंगलबार काठमाडौं पुगेर भेट्दै उहाँसँग कुरा राख्यौं । तपाईं सुदूरपश्चिमबासी मात्र नभएर राष्ट्रकै नेता हो । यो निर्णयमा पुनर्विचार गर्नुस् होइन भने हामी पनि राजीनामा दिन्छौं भनेर भन्यौं ।’

जवाफमा रावलले आफूहरुले दिएको सुझावलाई ग्रहण गर्दै आवश्यक निर्णय लिने आश्वासन दिएको कुँवरले बताए । उनले आफू पार्टी एकताका लागि गठित कार्यदलको संयोजक र सर्वोच्च अदालतमा हस्ताक्षर गरेकाले पनि नैतिकताका आधारमा सांसद पदबाट राजीनामा दिएको समेत उनीहरुसँग बताएका थिए ।

रावलले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएका थिए । तर सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन् । रावललाई पार्टीभित्रबाट समेत राजीनामा फिर्ता लिन दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?