Comments Add Comment

एनआरटी र सातदोबाटो क्लबले युवा फुटबल एकेडेमी सञ्चालन गर्ने

६ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबले युथ फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । एकेडेमी सञ्चालन गर्नका लागि बुधबार क्लब, स्कुल र एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

एनआरटीले ल्याब्रोटरी स्कुलसँग र सातदोबाटोले लिटल एन्जल्स स्कुलसँग सम्झौता गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच क्लब, स्कुल र एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

एनआरटीका अध्यक्ष सुन्दर जोशी र ल्याब्रोटरीका प्रिन्सिपल लाक्पा शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस्तै सातदोबाटोका अध्यक्ष कपिल राना मगर र लिटल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस्तै एन्फाको उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले एन्फाको तर्फबाट हस्ताक्षर गरे ।

सम्झौतापछि पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका ७/७ गरी १४ खेलाडी हुनेछन् । १४ खेलाडीले क्लबसँग अभ्यास गर्ने छ भने स्कुलले पढाइका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।

दोस्रो वर्षबाट कुल २१ खेलाडी एकेडेमीमा हुनेछन् । जसमा १४ खेलाडी क्लबका रहनेछन् । यी दुई क्लबले सम्झौता गरेपछि एकेडेमी चलाउने क्लब ६ पुगेको छ ।

यसअघि नै तीन विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ  र पुलिस क्लब तथा संकटा क्लबले एकेडेमी सञ्चालनका लागि सञ्चालन गरिसकेको छ । एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रम अनुसार ए डिभिजन क्लबहरुले युथ एकेडेमी चलाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment