Comments Add Comment

चेम्बरको सुनचाँदी रत्न आभूषण-खानी तथा भूगर्भ समिति गठन

६ साउन,काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सुन चाँदी, रत्न आभूषण-खानी तथा भूगर्भ समिति गठन गरेको छ । चेम्बरका कार्य समिति सदस्य रमेश महर्जनको सभापतित्वमा नयाँ समितिले गठन गरिएको चेम्बरले जनाएको छ । नव गठित समिति सदस्यलाई अध्यक्ष राजेन्द्र मल्लले बुधबार मनोनयन पत्र प्रदान गरे ।

समितिको उपसभापतिमा क्रमशः दियेश रत्न शाक्य र सुमन मान ताम्राकार छन् । सदस्यहरुमा केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार, किशोर पाण्डे,सुर्य कुमार वराल,अर्जुन विश्वकर्मा मनोनित भएका छन् ।

मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले समिति व्यवसायमा अनुभवि रहेको भन्दै आफ्नो व्यवसायको नीति तथा पैरवीको लागि उल्लेखनीय भूमिका निर्वाह गन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment