+
+

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १२:२३

७ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आजदेखि एक अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्कासन गरेको छ ।

बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशन गरेको हो ।

बैंकले जारी गरेको ७ वर्षे ऋण पत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाउनेछन् ।

१२ लाख ५० हजार कित्ता ऋणपत्रमध्ये बैंकले ५ लाख कित्ता सर्वसाधारणका लागि र ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्ने जनाएको छ ।

उक्त ऋणपत्रमा कम्तिमा २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्म र ढिलोमा २१ गतेसम्म आवेदन दिइसक्नु पर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?