+
+
Shares

राज कुन्द्राले मेरो प्राइभेट नम्बर लिक गरिदिएः पूनम पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १३:१९

बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रा पोर्न भिडियो बनाउने र बेच्ने गरेको आरोपमा पक्राउ परेपछि उनका बिषयमा विभिन्न कलाकारहरुले मुख खोल्न थालेका छन् । केही बलिउड चलचित्रमा काम गरिसकेकी मोडल तथा नायिका पूनम पाण्डेले पनि राज कुन्द्राले आफ्नो शोषण गरेको खुलासा गरेकी छिन् ।

उनले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘राज कुन्द्रा र उनका सहयोगीको विरुद्धमा मैले सन् २०१९ मा उजुरी दिएको थिएँ । उनीहरुले मलाई संझौता रद्द गर्न दिएनन् ।’

पूनमले भनेकी छिन्–‘मलाई धम्की दिइयो र एक संझौतामा हस्ताक्षर गर्नका लागि वाध्य पारियो । जहाँ मैले उनीहरुको इच्छा अनुसार भिडियो सुट गर्न र पोज दिनुपर्ने थियो । यदि, मैले यस्तो काम गरिन भने मेरो सम्पूर्ण गोप्य कुराहरु लिक गरिदिने धम्की दिइएको थियो । मैले, संझौतामा हस्ताक्षर गर्न मानिनँ । यसपछि उनीहरुले एउटा एपमा ‘मलाई अहिले नै कल गर्नुहोस्, म लाइभ भिडियो देखाउन तयार छु’ जस्तो सन्देशको साथमा मेरो प्राइभेट नम्बर पनि लिक गरिदिए ।’

पूनमले आफ्नो नम्बर सार्वजनिक भएपछि यौन प्रस्ताव सहितका थुप्रै फोन आउन थालेको पनि उल्लेख गरेकी छिन् । यी सबै कुराहरुबाट मुक्ती पाउनका लागि आफूले तीन महिनाका लागि देश छाडेको पूनमले उल्लेख गरेकी छिन् । तर, भारत फर्किएपछि पनि आफूले यस्तै समस्या झेलेको र अन्त्यमा मोबाइल नम्बर नै परिवर्तन गरेको पूनमले उल्लेख गरेकी छिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?