Comments Add Comment

चितवन मृत्यु प्रकरण : गोली लागेर मृत्यु हुने युवक नेपाली सेनाका हुद्दा

७ साउन, चितवन। चितवनको भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव धादिङका व्यक्तिको भएको खुलेको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ हुन् । उनी नेपाली सेनाको महेन्द्र दल गण  राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत सेनाको हुद्दा रहेको खुल्न आएको छ ।

उनका मामाले गुरूङको पहिचान गरेका हुन् । गुरूङको एकापट्टि कान नजिकैबाट हानिएको गोली अर्को कानभन्दा थोरै माथिबाट निस्किएको देखिएको प्रहरीले जनाएको छ ।

यद्यपि यसको पुष्टि पोस्टमार्टम रिपोर्टबाट मात्रै आउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । घटनास्थल नजिकै गोलीको खोका र रगतसमेत देखिएकोले गोली हानेर गुरुङको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

केही दिन अगाडि जग्गा सम्बन्धी कारोबारका लागि उनी चितवन आई शारदानगरमा आफन्तको घरमा बसिरहेका थिए । उनका दाजुसँग सम्पर्क भएकाले घटनाका बारेमा बुझ्ने र अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा पोस्टमार्टमका लागि राखिएको छ ।

बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हालसम्म घटनाको विषयलाई लिएर प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment