Comments Add Comment

पूर्व मिस नेपाल उषा खड्गीको भिडियो मोह

नेपाली म्यूजिक भिडियो क्षेत्र फराकिलो बन्दैछ । अझ, कोरोना महामारीका कारण धेरै क्षेत्रहरु प्रभावित बन्दा भिडियो बजार भने फस्टाएको पाइन्छ । यसैले पनि होला, भिडियोमा काम गर्न चलचित्रका चल्तीका कलाकारदेखि पूर्व मिस नेपालहरु पनि उत्तिकै सक्रिय छन् ।

पूर्व मिस नेपालहरु रुवी राणा, उषा खड्गी, मलिना जोशी लगायतले भिडियोमा काम गरेको देख्न सकिन्छ ।

पूर्व मिस नेपाल उषा खड्गी खड्ग भट्टराइको शब्द, विश्व नेपालीको स्वर, निरोज लामाको संगीत रहेको ‘घात गर्दा’ बोलको गीतमा फिचर्ड भएकी छिन् । उषालाई अभिनयमा रामहरी खड्का, आरुष केसी र दिपिशा कोइरालाले साथ दिएका छन् ।

नितिन चन्दको निर्देशनमा तयार भएको यो भिडियोले प्रेम र विछोडको कथा देखाएको छ ।

केही दिन अगाडि मात्र पूर्व मिस नेपाल रुवी राणाले अभिनय गरेको एक तीज गीतको भिडियो पनि सार्वजनिक भएको थियो । यसले, पूर्व मिस नेपालहरुले दर्शकमाझ आइरहनका लागि भिडियोमा काम गरिरहेको वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment