+
+
Shares

वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १७:२८

७ साउन, काठमाडौं । वीरगञ्ज महानगरपालिका–२४ रमगढवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोहित फुड प्रोडक्ट प्रालि (सोयाबिन फ्याक्ट्री)मा काम गर्ने जिराभवानी गाउँपालिका–३ सहजनपुरका ३५ वर्षीय पदमदेव राय चौधरीको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा पंखाको नाङ्गो तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?