+
+
Shares

चीनबाट आयो ८ लाख डोज खोप

थप खोप लिन आज जहाज जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १७:३२

७ साउन, काठमाडौं । चीनबाट ८ लाख डोज नेपाल आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप काठमाडौं ल्याएको हो ।

बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज बिहीबार दिउँसो २:०७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो ।

यो चीनसँग नेपालले किनेको खोप हो । चीनबाट थप खोप लिन आजै जहाज बेइजिङ उड्दैछ । यो जहाज राती ११ बजे बेइजिङ जाने छ ।

यो जहाज शुक्रबार दिउँसो काठमाडौं आउने छ । जहाज शनिबार पुनः बेइजिङ जाने तालिका छ । सो जहाजले आइतबार थप खोप लिई काठमाडौं आउने छ । नेपालले चीनबाट कुल ४० लाख डोज खोप किनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?