७ साउन, काठमाडौं । चीनबाट ८ लाख डोज नेपाल आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप काठमाडौं ल्याएको हो ।
बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज बिहीबार दिउँसो २:०७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो ।
यो चीनसँग नेपालले किनेको खोप हो । चीनबाट थप खोप लिन आजै जहाज बेइजिङ उड्दैछ । यो जहाज राती ११ बजे बेइजिङ जाने छ ।
यो जहाज शुक्रबार दिउँसो काठमाडौं आउने छ । जहाज शनिबार पुनः बेइजिङ जाने तालिका छ । सो जहाजले आइतबार थप खोप लिई काठमाडौं आउने छ । नेपालले चीनबाट कुल ४० लाख डोज खोप किनेको हो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4