+
+
Shares

एमालेका दुवै समूहका सांसदहरुले एकता अभियान थाले

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ७ गते १७:३६
एमाले सांसद कृष्णप्रसाद दाहाल (बायाँ) र यज्ञराज सुनुवार

७ साउन, काठमाडौं । नेकपा एमालेका दुवै समूहका सांसदहरूले पार्टी एकता अभियान शुरु गरेका छन् । सिंहदरबारमा बसेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले एकता दबाब अभियान शुरु गरेका हुन् ।

विभाजन रोक्न संयुक्त अभियान चलाउने दुवै समूहका सांसदहरू सहमत भएका छन् । यो अभियानमा ओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् ।

नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् । ‘एकता जोगाउन शुरु भएको यो अभियानलाई सशक्त बनाउँछौं । एकता दबाब अभियानमा साथ दिन संयुक्त अपील गर्दैछौं,’ सुनुवारले भने ।

एकता आह्वानको अपील तयार पार्ने बाँकी सांसदहरुको हस्ताक्षर संकलन लगायतबारे मस्यौदा तयार पार्ने जिम्मा दीपक भट्ट र सूर्य पाठकलाई दिइएको छ । यो अभियानलाई विस्तार गर्दै एमाले एकता जोगाउन गठित कार्यदलका सदस्यहरुसँग अन्तरक्रिया गरिने सुनुवारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?