Comments Add Comment

नेपाल आयल निगम पनि जोडियो डिजिटल भुक्तानी प्रणालीमा

नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसएपी (SAP) प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ ।

यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा मार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् । औपचारिक थालनीको चार दिनमा नै निगमको ३.९७ अर्ब बराबरको भुक्तानी संकलन भएको जनाएको छ ।

विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ र यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरु मार्फत संकलन पनि एनसीएचएलको प्रणाली मार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस सँगै निगमले एनसीएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइन मार्फत गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने योजना रहेको पनि जनाएको छ ।

डिलर पार्टनरले निगमलाई कसरी भुक्तानी गर्ने ?

१) डिलरले आफ्नो बैंक/वित्तीय संस्थालाई भुक्तानी आदेशसँगै आफ्नो ‘कस्टुमर आइडी’ र भुक्तानी गर्ने शीर्षकको जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ ।

२) बैंक÷वित्तिय संस्थाले उक्त जानकारी अनुरुप शाखालाई एनसीएचएलले उपलब्ध गराएको प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।

३) यसरी शाखाबाट १० लाखसम्मको रियल–टाइम अन्तर बैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रति कारोबार १ करोडसम्म तथा नन् रियल–टाइममा २० करोडसम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

४) त्यसै गरी डिलरहरुले निगमलाई भुक्तानी गर्न कनेक्ट आईपीएसको साइट, यसको मोबाइल एप, कर्पोरेट पे तथा डिलरको पोर्टलमा जोडिएको कनेक्ट आईपीएस(गेटवे) मार्फत पनि अनलाइन भुक्तानी गर्न सक्दछन् । यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment