Comments Add Comment

चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन

कोरोना महामारीका कारण सर्वाधिक प्रभावित बनेको नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले सहयोग गर्ने भएको छ । नेपाली कांग्रेस निकट कलाकर्मीहरुसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आश्वासन दिएका हुन् ।

नेपाली कांग्रेसको भातृ संगठन सांकृतिक संघको नेतृत्वमा करिब ५ दर्जन कलाकर्मी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

सो अवसरमा, प्रधानमन्त्री देउवासँग कोरोनाका कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्याको बारेमा कलाकर्मीले जानकारी गराएका थिए । कलाकर्मीले कलाकारहरुका लागि चाडै खोपको व्यवस्था गरिदिन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका थिए । प्रधानमन्त्रीले देउवाले कलाकर्मीलाई चाडै खोपको व्यवस्था गर्ने, चलचित्र क्षेत्र चलायमान बनाउनका लागि सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए । सो अवसरमा प्रधानमन्त्री देउवालाई संघका तर्फबाट अध्यक्ष तिर्थ थापाले सम्मान पत्र समेत हस्तान्तरण गरेका थिए ।

कलाकर्मीहरुले प्रधानमन्त्रीको राष्ट्रिय भ्रमणमा कलाकारलाई पनि सहभागी गराउन अनुरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment