Comments Add Comment

अमेरिकामा रेष्टुरेन्टबाहिर गोली चल्यो, आक्रमणकारी फरार

८ साउन, काठमाडौं । अमेरिकाको वासिङटन डीसीस्थित एक व्यक्तिले रेष्टुरेन्टबाहिर हतियारधारीले अन्धाधुन्ध गोली चलाएका छन् । यो स्थान राष्ट्रपति कार्यालय ह्वाइट हाउसभन्दा करिब डेढ किलोमिटरको दूरीमा छ । नेपाली समयअनुसार शुक्रबार बिहान यो आक्रमण भएको हो ।

गोली चल्दा रेष्टुरेन्ट बाहिर पनि धेरै मानिसहरु बसेका थिए । उनीहरुमाथि ती व्यक्तिले २० पटकभन्दा धेरै गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार गोली चलाउने मानिस यो घटनापछि कारमा भागेका थिए । अमेरिकामा हिंसात्मक अपराध घटेको पाइए पनि धेरै सहरमा अन्धाधुन्ध गोली आक्रमणको घटना भने बढेका छन् ।

रेष्टुरेन्टमा घटनाको बेला उपस्थित रहेकी ज्यास डेभिडसनले भनिन्, ‘यो घटना निकै डरलाग्दो थियो । मलाई म अब मर्छु भन्ने लागेको थियो । अमेरिकामा बस्दा तपाइँलाई सधैं यसको डर हुन्छ तर तपाइँले यो अवस्था नियन्त्रणको लागि केही गर्न सक्नुहुन्न । यो सम्झिँदा निकै रिस उठ्छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडनले गोली आक्रमणको कम गर्नका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । जसमा विशेष किसिमको बन्दुक राख्नका लागि कडा नियम बनाउने र बन्दुक राख्ने मानिसको पृष्ठभूमिको जाँच गर्ने विषय पनि सामेल छ ।

यद्यपि यसो गर्नु त्यति सजिलो भने छैन । अमेरिकीहरुलाई हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानको दोस्रो संशोधनले दिएको छ । धेरै मानिसहरु बन्दुक नियन्त्रण कानुन यो संवैधानिक अधिकारको उल्लंघन भएको बताउँछन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment