
८ साउन, काठमाडौं । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले दोबाटे विकको ठाउँमा विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको छ ।
यसअघि विकको नाम चयन गरेको कांग्रेसले पछि फेरि उनको नाम हटाएर थापालाई मन्त्री बनाउने निर्णय गरेको हो । दोबाटे कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।
व्यापारिक पृष्ठभूमिबाट आएका थापा पार्टी सभापति शेरबहादुर देउवा निकट छन् । उनी स्थानीय तहको चुनावमा पोखरा महानगरपालिकाको मेयरका आकांक्षी थिए । उनले प्रतिनिधिसभा चुनावमा पनि टिकटको दाबी गरेका थिए । तर पछि प्रदेशसभाको टिकट पाएका थिए ।
कांग्रेसले गण्डकी प्रदेशमा मणिचन्द्र शर्मा र मेखलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने निर्णय गरेको छ । श्रेष्ठ गोपालमान श्रेष्ठका आफन्त हुन् । श्रेष्ठ पनि व्यापारिक पृष्ठभूमिका नेता हुन् ।
थापा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन् । सामाजिक मन्त्री रहेका कुमार खड्का भाैतिक पूर्वाधार मन्त्री बन्ने छन् भने सामाजिक विकासमा मेषलाल श्रेष्ठले सपथ लिने भएका छन् । पर्यटन, उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा बन्ने भएका छन् ।
माओवादी केन्द्रले बिहीबार नै रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
नवनियुक्त मन्त्रीहरुले आजै १ बजे सपथ लिनेछन् ।
गण्डकी प्रदेशमा हाल सामाजिक विकास मन्त्री कुमार खड्का, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे), स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री हरिशरण आचार्य छन् ।
प्रतिक्रिया 4