
८ साउन, धनगढी । बैतडी र कञ्चनपुरमा वेवारिसे अवस्थामा दुई जनाको शव फेला परेको छ । बैतडीको मेलौली नगरपालिका–७ को ल्वाथलीमा शुक्रबार बिहान अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार ल्वाथलीमा बाटो भन्दा करिब दुई सय मिटर पर महिलाको शव फेला परेको जानकारी दिए । उनको परिचय र ठेगाना खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशबहादुर पालको टोली बिहानै घटनास्थलतर्फ हिँडेको छ ।
यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–२ स्थित एक सामुदायिक वनमा बिहीबार साँझ वेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले अन्दाजी ३० वर्षीय पुरुषको शव सडेको अवस्थामा फेला परेको जनाएको छ । हालसम्म मृतकको पहिचान भने भएको छ । मृतकको शव अहिले महाकाली अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया 4