Comments Add Comment

बैकिङ प्रणाली ह्याक गर्ने धम्कीको प्राविधिक अनुसन्धान शुरु

८ साउन, काठमाडौं । केन्द्रीय बैंकसहित १४ वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन सुन भएको छ । बुधबार बेलुकी प्राप्त धम्कीपूर्ण फोन र ईमेलको प्राविधिक अनुसन्धान सुरु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको प्राविधिक विभाग र नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान विभागलाई संयुक्त रुपमा अनुसन्धानको जिम्मा लगाइएको राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोख्रेलले जानकारी दिए ।

‘केन्द्रीय बैंकको प्राविधिक टोली र प्रहरीको साइबर ब्युरोले संयुक्त रुपमा छानबिन सुरु गरेको छ, थप नयाँ विवरण आईसकेको छैन’ सूचना अधिकारी पोख्रेलले भने । केन्द्रीय बैंकसहित सबै बैंकको साइबर प्रणाली सुरक्षित रहेको पनि पोख्रेलले बताए ।

बुधबार बेलुकी नेपाल राष्ट्र बैंक र नबिल बैंकका अधिकारीलाई १५ बैंकको प्रणाली हृयाक गरेर पैसा चोर्ने धम्की आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment